जावा मोटरसाइकलले नयाँ वर्षको अफर, १५ हजारको फ्ल्याट डिस्काउन्ट

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक अन्तर्गत जावा मोटरसाइकलले नयाँ वर्षको अफर ल्याएको छ ।

जावा मोटरसाइकलको फोर्टी–टु, जावा र पेराक सबै मोडलमा लागु हुने गरी न्यू ईयर स्किम ल्याएको हो ।

यो स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सक्नेछन् ।

यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुंग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दांग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स