ओला इलेक्ट्रिक स्कुटरमा आगलागी

एजेन्सी । ओला इलेक्ट्रिक स्कुटरमा आगलागी भएको छ । भारतको पुर्णे स्थित सडकमा पार्किङ गरिराखेको अवस्थामा ओला इलेक्ट्रिक स्कुटरमा अचानक आगलागी भएको समाचार भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय मिडियाहरुका अनुसार ओला इभीमा शनिबार भारतीय समय अनुसार १ बजे आगलागी भएको हो ।

आगलागीको विषयमा ओलाले अनुसन्धान बढाइसकेको छ । ओलाले सवारीसाधनको सुरक्षालाई महत्व दिइएको छ र के कारणले आगलागी भएको हो त्यस विषयलाई छानबिन गरेर कारवाही अघि बढाउने ओलाले जनाएको छ ।

ओलाको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रो एक स्कुटरसँग पुणेमा भएको घटना बारेमा सचेत छौं । यसको मूल कारण बुझ्नका लागि अनुसान्धान गर्दैछौं । केहि दिनमा थप अपडेट दिने छौं । हामी ग्राहकसँग निरन्तर सम्पर्कमा छौं उहाँ पूर्णरुपमा सुरक्षित हुनु हुन्छ । ओलाले सवारीसाधनको सुरक्षालाई सर्वोपरि महत्व ठानेको छ । हाम्रो उत्पादनहरुमा उच्चतम गुणस्तरको मापदण्डहरुप्रति प्रतिबद्ध छौं । यो घटनालाई गम्भीरताका साथ लिएका छौं र उपयुक्त कारवाही गर्नेछौं । यसको थप विवरण आगामी दिनमा जानकारी दिने छौं ।’

आगलाीको कारणतत्वको बारेमा कम्पनीको तर्फबाट हालसम्म कुनै आधिकारीक धारणा सार्वजनिक भएको छैन । ओभर हिटिङ वा इलेक्ट्रिक सर्ट सर्किट, ओभर चार्जिङ, गलत चार्जरको प्रयोग, कुलिङ सिस्टमा समस्या लगायत हुन सक्ने भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स