फोर्स गुर्खा नेपाली बजारमा

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी गुर्खा नेपाली बजारमा विक्री वितरण शुभारम्भ गरेको छ। ‘ग्राउण्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी-वागनलाई प्रतिविम्बित गरेको छ ।

लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।

मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने छ ।

त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ।

अटो मिडिया यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खा को डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उत्कृष्ट भएको जनाएका थिए।

पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष रहेको छ । साथै ग्राहकहरुले चार पटक सम्म निः शुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन्।

दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित द गोर्खा २०२१ को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ।

शक्ति, क्षमता ऎवम स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त छ, आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. का अध्यक्ष ध्रुव थापाले बताए । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स