१४० किलोमिटर रेञ्ज प्रदान गर्ने इलेक्ट्रिक मोटरसाइकल ईट्रेयस्ट-३५० नेपाल आउँदै, रिजेनेरेटिभ ब्रेकिङ सिस्टममा उपलब्ध

काठमाडौं । नेपालका लागि प्योर इभी मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरण ह्वाइट लोटस मोटर्सले ईट्रेयस्ट-३५० (सायलेन्ट बिस्ट्) मोटरसाइकल नेपाल ल्याउने भएको छ ।

प्योर इभीको ईट्रेयस्ट-३५० मोटरसाइकल बैशाखको पहिलो साता नेपाल ल्याउने तयारी गरिएको कम्पनीका प्रबन्ध निर्देशक अशोक खड्कीले जानकारी दिए ।

ह्वाइट लोटसले प्योर इभीको ३ वटा स्कुटर बिक्री गर्दै आईरहेको छ । कम्पनीसँग हाल इन्ट्रान्स प्लस, नियो इन्ट्रान्स, ईप्लोटो ७ जी स्कुटर उपलब्ध छ । ग्राहकलाई इलेक्ट्रिक २ ह्वीलरमा थप विकल्प प्रदान गर्न ईट्रेयस्ट मोटरसाइकल नेपाल ल्याउने तयारी गरिएको प्रबन्ध निर्देशक खड्की बताउँछन् ।

मोटर एण्ड ब्याट्री

इलेक्ट्रिक मोटरसाइकमा एनएमसी केमेष्ट्रिको ३.५ किलोवाटआवर लिथियम आयन ब्याट्री छ । बीएलडीसीको ४.० किलोवाट पिक र २.५ किलोवाट नोमिनल मोटर जडान गरिएको छ । इलेक्ट्रिक मोटरसाइकलको टप स्पिड ८५ किलोमिटर प्रति घण्टा रहेको छ । १६० किलोग्राम भार बोकेर १६ डिग्रीको ठाडो उकालो चढ्ने कम्पनीको दावी छ । मोटरसाइकल ड्राइभ, क्रस ओभर र थ्रिलगरी ३ मोडमा उपलब्ध छ । ड्राइभ मोडमा ६० किलोमिटर प्रति घण्टा, क्रस ओभर ७५ किलोमिटर प्रति घण्टा र थ्रिल ८५ किलोमिटर प्रति घण्टाम गति लिन सक्षम छ । ।

टायर एण्ड ब्रेकिङ

मोटरसाइकलको अलो ह्वील दिइएको छ । फ्रन्टमा २.७५-१८ इन्च ट्युवलेस र रियरमा ३.००-१७ इन्च ट्युवलेस टायर छ । मोटरसाइकलको ह्वील साइट फ्रन्ट ४५७.२ एमएम र रियरमा ४३१.८ एमएम छ । इलेक्ट्रिक मोटरसाइकलको फ्रन्ट र रियरमा २२० एनएम डिक्स ब्रेक दिइएको छ ।

कन्ट्रोल एण्ड थ्रोटल

इलेक्ट्रिक मोटरसाइकलको कन्ट्रोलरको कुरा गर्दा यसमा ७२ भोल्ट ४ किलोवाट भेक्टर लुप छ । ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस)का लागि एक्टिभ ब्यालेन्स १०० ए रहेको छ ।

यसले ६० किलोमिटर प्रति घण्टामा ६० एनएम टर्क पावर जेनेरेट गर्छ ।

स्ट्रार्ट रिमोट र साँचो

ईट्रेयस्ट मोटरसाइकल रिमोट र साँचो दुवैबाट स्ट्रार्ट गर्न सकिन्छ । मोटरसाइकल
० देखि ४० किलोमिटर ४.४ सेकेन्ड, ० देखि ६० किलोमिटर ७.४ सेकेन्ड र ० देखि ७५ किलोमटिर ११.६ सेकेन्ड समय लिन्छ । मोटरसाइलमा ४ ह्वीलरमा उपलब्ध रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि रहेको छ ।

मोटरसाइकलमा रहेको रिजेनेरेटिभ ब्रेकिङ सिस्टमको कारण ब्रेकको प्रयोग गर्दा कम ऊर्जा खपत गर्छ ।

डिस्प्ले एण्ड इलेक्ट्रिकल्स

ईट्रेयस्ट मोटरसाइकलमा ७ इन्च ठूलो र आकर्षक एलईडी डिस्प्ले छ । मोटरसाइकलमा डिजिटल अडोमिटर र स्पिडोमिटर छ । हेडलाईट, टेललाइट, टर्न सिंनल ल्याम्प र डिआरएल एलईडीमा उपलब्ध छ । साथै मोटरसाइलमा सेन्टर लकिङ सिस्टम पनि रहेको छ ।

बडी एण्ड सस्पेन्सन

ईट्रेयस्ट मोटरसाइकलको लम्बाई २०४० एमएम छ । यस्तै, ग्राउण्ड क्लियरेन्स १९८ एमएम, ह्वील वेस १३७५ एमएम र स्याडल हाइट ७७० एमएम छ । मोटरसाइकलको कुल तौल १२० किलोग्राम रहेको छ । मोटरसाइकलको सस्पेनसनको कुरा गर्दा फ्रन्ट र रियरमा हाइड्रोलिक डुअल सस्पेन्सर दिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स