नयाँ वर्षको उपलक्ष्यमा टीभीएसले ल्यायो ‘आयो, पायो, पर्यो, सोर्यो’ योजना

काठमाडौं । जगदम्बा मोटर्सले यो नयाँ वर्षमा पनि आकर्षक योजना ल्याएको छ । कम्पनीले ‘आयो, पायो, पर्यो, सोर्यो’ नामक नयाँ योजना ल्याएको हो । स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका योजनामा मिल्ने कम्पनीले जनाएको छ ।

टीभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने साथै बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर ३१० जित्ने मैका पाउनेछन् । कम्पनीका अनुसार हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याजदर र एक्सचेन्जमा मासिक ५ हजार ९९९ रुपैयाँ तिर्नेगरी टीभीएस चढ्न पाउनेछन् ।

टीभीएसले हरेक मोडेलमा ५ वर्षको वारेन्टीका साथै बिक्री पछि जेन्युन पार्टसको सुविधा दिँदै आएको छ । हाल एनटर्क, अपाचे सिरिज र रेडरले राम्रो छाप पार्न सफल भएका छन् । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकले रुचाएको र अहिले बजारमा माग बढेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स