नेपालभर छाउँदै फोर्मा ट्याक्टर

काठमाडौं । नेपाली बजारमा भित्रिएको छोटो समयमा फोर्मा ट्याक्टर कृषिको रोजाइमा पर्न सफल भएको छ । गत मंसिरमा यति टेक्निक फार्मले युरोपियन टेक्नोलीमा आधारित फोर्मा ट्याक्टर नेपाली बजारमा भित्र्र्याएको हो । ४ महिनाको अवधिमा कम्पनीले मुलुकभर ४० भन्दा बढी ट्याक्टर बिक्री गरिसकेको छ ।

प्रविधियुक्त र कृषि कार्यका लागि उपयुक्त भएकाले कृषकको रोजाइमा फोर्मा ट्याक्टर पर्न सफल भएको यति टेक्निक फार्मका विजनेश हेड अनिल श्रेष्ठ बताउँछन् ।

‘आकर्षक बनोट र नेपालको भू–बनोट सुहाउँदो छ । पर्फमेन्स उत्कृष्ट छ,’ श्रेष्ठले भने, ‘ट्याक्टर कृषक मैत्री छ ।’ कृषकले खोजे अनुसारको उत्पादन भएकाले पनि ट्याक्टर प्रति कृषकको आकर्षण देखिएको हो ।’

त्यतिमात्रै होइन, उनले भने ‘ग्राहकको सन्तुष्टिनै हाम्रो सफलता हो, हामीले कृषकको खेतखेतमा गएर सर्भिस सेवा प्रदान गरिरहेका छौं । यसका लागि कृषकले केहि पनि शुुल्क तिर्नुपर्दैन । हामीले हाम्रा ग्राहकलाई निः शुल्क उत्कृष्ट सेवा दिइरहेका छौं । हाम्रो हरेक शाखामा सर्भिस सेवा प्रदान गर्ने जनशक्ति र पाट्र्सहरू रहेका छन् । नयाँ प्रविधि भएकोले पनि यो ग्राहकको रोजाइमा परेको हो ।

फोर्मा ट्याक्टरको प्रमुख विशेषता भनेको ‘स्मार्ट आई’ टेक्नोलोजी हो । स्मार्ट आईको मद्दतबाट कम्पनी तथा धनीले घरमै बसेर ट्याक्टरको सम्पूर्ण जानकारी पाउन सक्छन् । साथै ट्याक्टरमा प्राविधिक समस्या देखिए कम्पनीका प्राविधिकहरूले अफिसबाटै चालकलाई निर्देशन दिएर सेवा प्रदान पनि गर्न सक्छन् ।

र, सामान्य समस्या देखिए कम्पनीको प्राविधिकको निर्देशनमा चालक आफैले ट्याक्टर बनाएर सञ्चालन गर्न सक्छन् । साथै, बजारमा उपलब्ध अन्य ब्राण्डको ट्याक्टरभन्दा फोर्माको माइलेज पनि उत्कृष्ट रहेको श्रेष्ठको दावी छ । अन्य ब्राण्डका ट्याक्टरले १ घण्टाको अवधिमा खपत गर्ने इन्धनभन्दा फोर्मामा १ देखि डेढ लिटरसम्म बचत हुने उनी बताउँछन् ।

साथै ट्याक्टरको इन्जिनमा ५ वर्ष र हाइड्रोलिक्समा २ वर्षको वारेन्टी छ ।

बजारमा उपलब्ध अन्य ट्याक्टर भन्दा विशिष्टिकृत विशेषताले भरिपूर्ण भएकाले छोटो अवधिका साथै कोभिडको प्रकोपका बीच ट्याक्टरको बिक्री सन्तोषजन नै रहेको श्रेष्ठले जानकारी दिए ।
अब होली लगत्तै नेपालगंञ्ज, दाङ र धनगढी पनि कार्यालय सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । यी ३ स्थानमा चैतमै कार्यालय सञ्चालनमा ल्याउनेग री कम्पनीले प्रक्रिया अघि बढाइरहेको छ ।

कृषि सिजन सुरु हुन अघि नै अधिकतम कृषकका माझ आफ्नो उत्पादन पुर्याउने रणनीतिमा यति टेक्निक फार्म रहेको छ । चार महिनाअघि नेपाली बजारमा भित्रिएको फोर्मा ट्याक्टर अहिले पूर्वदेखि पश्चिमसम्म पुगिसकेको छ । छोटो समयमा नै ट्याक्टरको लोकप्रियता बढ्दै गएको छ । कृषकहरुको सुविधका लागि कम्पनीको हेरक कार्यालय तथा बिक्री केन्द्रमा अनुभवि तथा दक्ष प्राविधिकको टिम छ । जसले कृषक भएको स्थानमै गएर सेवा दिँदै आइरहेको छ ।

कम्पनीको प्रमुख लक्ष्य भनेको कृषकलाई बढी भन्दा बढी सेवा उपलब्ध गराउने नै हो । । ‘कृषक भनेका हाम्रो परिवारको सदस्य हुन । उहाँहरुलाई सन्तृष्ट बनाउनु नै कम्पनीको धर्म हो,’ उनले भने, ‘राम्रो उत्पादन उपलब्ध गराउन सकिए कृषकहरु खुसी हुनुहुन्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स