साझाले दिगोसँग ४० वटा विद्युतीय बस किन्ने, यस्तो छ बस

काठमाडौं । साझा यातायातले ४० वटा विद्युतीय बस दिगो ग्रुप अफ कम्पनीसँग खरिद गर्ने भएको छ । साझाले विद्युतीय बस किन्न आह्वान गरेको टेन्डरमा दिगो छनोट भएको स्रोतले हाम्रोअर्थलाई जानकारी दिएको छ ।

साझाको मूल्यांकन समितिको मूल्यांकनमा विद्युतीय बस खरिदका लागि दिगो उपयुक्त ठहरिएको हो । मूल्यांकन समितिको प्रस्ताव साझा यातायातको बोर्डमा भने पुगेको छैन । बोर्डले उक्त प्रस्तावमा स्वीकृति गरेसँगै खरिद प्रक्रिया अघि बढ्ने छ ।

साझाले ४० वटा विद्युतीय बस खरिद गर्न २०७७ चैत १३ गते टेन्डर आह्वान गरेको थियो । ९ वटा चिनियाँ कम्पनीले विद्युतीय बस बिक्रिका लागि प्रस्ताव पेश गरेका थिए । साझाले माग गरेको मापदण्डका आधारमा विद्युतीय बस उपलब्ध गराउने सक्नेगरी दिगोले प्रस्ताव बुझाएको थियो ।

साझाको स्पेसिफिकेसन अनुसार विद्युतीय बस कम्तिमा पनि फुल चार्जमा २०० किलोमिटर गुड्ने हुनुपर्ने लेखिएको थियो । दिगोले  २०० किलोमिटर रेञ्जको विद्युतीय बस नेपाल भित्र्याइसकेको छ ।

यस्तो छ इलेक्ट्रिक बस
दिगोको इलेक्ट्रिक बस २८ सिट क्षमताको छ । यसमा १२९ किलोवाटआवरको ब्याट्री छ । इलेक्ट्रिक बसमा १४० किलोवाटको मोटर छ । यसको उच्च गति १२० किलोमिटर प्रतिघण्टा छ । इलेक्ट्रिक बसको मूल्य १ करोड २६ लाख तोकिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स