जम्बो लेबनाङ्गले ल्यायो नारी विशेष अफर

काठमाडौं । लेबनाङ्ग ब्रान्डका ईलेक्ट्रिकल स्कुटर को आधिकारीक विक्रेता जम्बो इको भेइकलले आज (मंगलबार) विश्व नारी दिवसको अवसरमा विशेष छुट प्रदान गरेको छ । यस योजना अन्तर्गत नारीको नाममा बुकिङ्ग वा खरिद गरेमा प्रतेक स्कुटरमा २० हजार रुपैयाँसम्म नगद छुट प्रदान गरिएको छ । नारी सशक्तिकरण एवं आत्म निरभरताको लागि आप्mनै सवारी साधन भत्रे धेयका साथ प्रदान गरिने उक्त अफरको फाइदा इलेक्ट्रिकल स्कुटर खरिद गर्न चाहने परिवारले लिन सक्ने देखिन्छ ।

त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको जम्बो इको भेहिकलले विगत लामो समयदेखि लेबनाङ्ग तथा एम डिकेए ब्राण्डका ईलेक्ट्रिकल स्कुटरहरु काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, नारायणघाट, भरतपुर, कावासोती, बुटवल, कपिलबस्तु लगायत देशका धेरै शहरहरु बाट विक्री वितरण गर्दै आएको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले जानकरी दिए ।

हफ्तैपिछे बढ्दो पेट्रोलको मूल्यबाट बच्न विद्युती सवारी साधन एक उत्तम विकल्प रहेको छ । सर–सर्ती हिसाब गर्दा करिब २/३ वर्ष सम्म पेट्रोल को लागी तिर्ने पैसा को बचत मात्रले पनी नयाँ इलेक्ट्रिकल स्कुटर को पैसाले असुल गरिसक्ने हिसाब देखिन्छ ।

१५०० वाट, २००० वाट र ३००० वाट मा उपलब्ध इलेक्ट्रिकल स्कुटरहरु मोबाइल जसरी सजिलै घर भित्रै चार्ज गर्न सकिने छ । उक्त स्कुटरमा दुई वर्षको वारेन्टी प्रदान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स