फोर्स गुर्खा 4x4x4 टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक रुपमा सम्पन्न

काठमाडौं । फोर्स गुर्खा 4x4x4 को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिताका साथ फागुन २२ गते सम्पन्न भएको छ ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा टेष्ट ड्राईभ क्याम्पियन गरेको थियो । सो अवधिमा उत्साहजनक रुपमा ६७ जना सहभागी भई टेष्ट ड्राईभ गरेका थिए । अफरोड भेईकल भएकोले टेष्ट ड्राईभ क्याम्पियनलाई अझ प्रभावकारी वनाउनको लागि कम्पनीले अफरोड ड्राईभ ट्रयाकको समेत ब्यबस्था गरेको थियो । टेष्ट ड्राईभ क्याम्पियनमा सहभागी ग्राहक महानुभवहरुको फोर्स गुर्खा 4x4x4 प्रतिको आकर्षण वृद्धी रहेको जानकारी गराएका छन् ।

यस टेष्ट ड्रईभ क्याम्पियन पश्चात छिट्टै नेपालको काठमाडौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स