फोर्स गुर्खा 4x4x4 टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता

काठमाडौं । केही समय अगाडी मुल्य सार्वजनिक गरी बुकिङ खुल्ला गरेको फोर्स गुर्खा 4x4x4 को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको हो ।

पहिलो दिन अर्थात फाल्गुन १८ गते उत्साहजनक रुपमा २६ जना सहभागी भई टेस्ट ड्राईभ गरी यसका विशेषताहरुको भरपुर आनन्द लिएको छ ।

टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहक महानुभवहरुको फोर्स गुर्खा 4x4x4 प्रतिको आकर्शकता वद्वि रहेको जानकारी दिएको छ ।

इच्छुक गा्रहक महानुभावहरुले यहि फाल्गुन २० गते सम्म पोखरामा टेष्ट ड्रईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउने छन् ।

पोखरामा रहेको टेष्ट ड्रईभ क्याम्पियन पश्चात नेपालको काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स