द अल-न्यु नभारा फोरएक्स सार्वजनिक, सुरुवाती मूल्य ९५ लाख ४९ हजार

काठमाडौं । द अल-न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नभारा प्रो फेरएक्स सार्वजनिक गरेको हो ।

द अल-न्यु नभारा विभिन्न ५ भेरियन्टमा उपलब्ध छ । द अल–न्यु नभारा डिजेल भेरियन्टमा उपलब्ध छ । २.५ नभारा लो एमटीको मूल्य ९५ लाख ४९ हजार रुपैयाँ, २.५ नभारा हाई एटीको मूल्य १ करोड १३ लाख रुपैयाँ, २.५ नभारा लो एटीको मूल्य ९७ लाख ४९ हजार रुपैयाँ, २.५ नभारा हाई एमटीको मूल्य १ करोड ११ लाख रुपैयाँ र २.५ नभारा अफरोड हाई एटीको मूल्य १ करोड १६ लाख रुपैयाँ तोकिएको छ ।

कम्पनीमा म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले सहरी उपभोक्ताको माग सम्बोधन हुनेगरी नभारा प्रो फोरएक्स नेपालमा भित्र्याएको बताए । साथै कम्पनीले निसानका अन्य उत्कृष्ट उत्पादनहरु उपभोक्ताका माझ पस्किदै जाने पनि उनको भनाइ छ ।

बलियो र शक्तिशाली इन्जिन भएकाले नभारा प्रो फोरएक्स उपभोक्ताको रोजाइमा पर्ने सारडाले विश्वास व्यक्त गरे ।

अल–न्यु नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न वेस्ट–इन–क्लास टेक्नोलोजी रहेको छ । जसले नभारालाई एड्भान्स बनाएको कम्पनीका दावी छ ।

द अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ । भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्वीलको प्रयोग गरिएको छ । नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ । नभारामा उच्च फ्युलइकोनोभी, ह्यान्डलिङ र राइड कम्फर्टकमा साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ ।

त्यसैगरी यसमा आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटरसहित डन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको फिचर छ । यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्ननर बनउन योग्य भएको कम्पनीको दावी छ । अप्टिमल रुपम, कम्फर्ट, सेफ्टी र सहजताका कारण सबै प्रकारका सडकमा गाडी सहजै गुड्न सक्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स