देशको ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन, अब विद्युतीय गाडीमा देशभर यात्रा गर्न सकिने

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन विस्तार गर्ने भएको छ । कम्पनीले नेपालको सबै स्थानलाई समेट्नेगरी देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेशन स्थापना गरेको हो ।

कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक सवारीसाधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ ।


हुन्डाईको इलेक्ट्रिक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दूरीको यात्रा पनि इलेक्ट्रिक गाडीमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरू स्थापना गर्दै आएको बताएको छ । नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको जनाएको छ ।

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेशनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको उल्लेख गरेको छ । हुन्डाईका चार्जिङ स्टेशनहरू मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न र पहिलो चरणको ४० चार्जिङ स्टेशन निर्माण सकेकाले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स