एमजी ग्लोस्टर एसयूभी नेपाल आउने, ७ ड्राइभिङ मोड

काठमाडौं । नेपालका लागि मोरिस ग्यारेज (एमजी) गाडीको अधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी ग्लोस्टर एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीका जनरल म्यानेजर सचिन अर्यालले एमजी ग्लोस्टर नेपाल ल्याउने तयारी गरिएको जानकारी दिए ।

‘एमजी ग्लोस्टर एसयूभी नेपाल ल्याउने तयारी अघि बढाइएको छ । कहिले र कुन मोडलमा ल्याउने भन्ने तय भएको छैन,’ अर्यालले हाम्रोअर्थसँग भने, ‘चिप्सको अभावको कारणले भारतमै सवारीसाधनको आपूर्ती कम छ । सवारीसाधनको आपूर्ती सहज भएपछि नेपाल ल्याउने छौं ।’

एमजी ग्लोस्टर ६ भेरियन्टमा उपलब्ध छ । स्याभी ७ एसटीआर, स्याभी ६ एसटीआर, सार्प ७ एसटीआर, स्मार्ट ६ एसटीहार, सूपर ७ एसटीआर र सुपर ७ एसटीआर भेरियन्टमा उपलब्ध छ । यो एसयूभी ६ र ७ सिट विकल्पमा उपलब्ध छ ।

यीमध्येमा लोएण्ड भेरियन्ट एमजी ग्लोस्टर सुपर ७ एसटीआरको मूल्य ३० लाख ९९ हजार भारु तोकिएको छ भने टप भेरियन्ट एमजी ग्लोस्टर स्याभी ७ एसटीआरको मूल्य ३८ लाख ९९ हजार भारु तोकिएको छ ।

एमजी ग्लोस्टरमा ४ सिलिन्डर युक्त १९९६ सीसीको इन्जिन छ । यो इन्जिनले १६०.७७ बीएचपीमा ४००० आरपीएम उच्चतम पावर र ३७५ एनएममा १५००–२४०० आरपीएम उच्चतम टर्क प्रदान गर्छ । यसमा अटोमेटिक ट्रान्समिसन रहेको छ । डिजल इन्जिनको कारमा ७५ लिटरको फ्यूल ट्यान्की छ । यसले सहरी क्षेत्रमा ९.४८ किलोमिटर प्रति लिटर माइलेज दिन सक्षम छ ।

एमजी ग्लोस्टरको टप सेगमेन्ट एड्भान्स ड्राइभिङ असिस्टेन्ट सिष्टम (एडीएएस) पनि रहेको छ । जसमा फरवार्ड कोलिजन वार्निङ सिष्टम, अटो हेडलाइट एन्ड वाइपर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, पार्क असिष्ट, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ र ब्लाइन्ड स्पट डिटेक्सन लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

एसयूभीमा फुल साइज १२.३ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८ इन्च टीएफटी स्क्रिन एलईडी हेडलाइट, एलईडी डीआरएल, एलईडी फगल्याम्प, अलोय ह्विल, प्यानोरामिक सनरुफ, थ्री जोन क्लाइमेट कन्ट्रोल सिष्टम, भेन्टिलेटेड फ्रन्ट सिट र ड्राइभर सिट मसाज फङ्सनका साथ एमजी आईस्मार्ट कनेक्टिभिटी लगायत फिचर उपलब्ध छन् ।

एमजी आईस्मार्ट कनेक्टिभिटीको सहयोगले क्रिटिकल टायर प्रेसर, भ्वाइस अलर्ट र एन्टी थेफ्ट इमोबिलाइजेसन समेत ७० भन्दा धेरै स्मार्ट फिचर प्रयोग गर्न सकिन्छ । यसयूभीमा अटो, इको, स्पोर्ट, मड, रक, स्नो र स्यान्डलगायत ७ ड्राइभिङ मोड छन् ।

एमजीले यो भारतको पहिलो लेवल १ अटोनोमस क्यापाबिलिटिजयुक्त एसयूभी भएको दावी गरेको छ । यसमा राइडर र प्यासेन्जरको सुरक्षालाई ध्यान दिनुका साथै स्मार्ट ड्राइभिङको समेत अनुभव लिन सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स