५ हजार ९९९ रुपैयाँमा टीभीएस मोटरसाइकल तथा स्कुटर

काठमाडौं । नेपालका टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ योजना ल्याएको छ । कम्पनीले अटोबजारमा बढी रहेको महँगीसँग जुध्न नयाँ योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गर ग्राहकले पैसा नथपी आफ्नो पुरानो मोटरसाइकल तथा स्कुरटको मुल्यांकनबाट डाउनपेमेन्ट तिरेर नयाँ टीभीएस चढ्न पाउँछन ।

यसरी एक्सचेञ्ज गर्दा ग्राहकले मासिक इएमआई न्युनतम ५ हजार ९९९ रुपैयाँसम्म तिरे पुग्छ ।

साथै शुन्य प्रतिशत ब्याजदर र अन द स्पट एक्सचेञ्जको सुविधा पनि छ । यो योजना मुलुकभरिका टीभीएस शोरुमा उपलब्ध हुनेछ । टीभीएसले ग्राहकलाई मध्यनगरमा राखेर समयसमयमा विभिन्न नयाँ योजनाहरु ल्याउने गरेको छ । यसका साथै ग्राहकले टीभीएसको आधिकारिक वेबसाइटमा गएर टीभीएसका प्रोडक्ट्स तथा विभिन्न योजनाको बारेमा जानकारी पाउन सक्छन् ।

कम्पनीका सीईओ तथा निर्देशक दिपक अग्रवालले भने, ‘ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सजिलो बनाउन हामीले यो योजना लिएरका आएका हौं । हामी सधैव हाम्रो ग्राहकलाई राम्रो सुविधा दिन तत्पर छौं । आगामी दिनमा थप योजनाहरु लिएर आउने छौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स