मानवीय राहत सामग्री लिएर हिमालय एअरलाइन्स्को काबुल उडान

काठमाडौं । हिमालयन एयरलाइन्सले आज (आइतबार) बिहान अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान भरेको छ । एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ एक कदम अगाडि बढ्दै हिमालय एअरलाइन्स्ले आज बिहान अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान भरेको हो ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा अन्दाजी ९.७ टन राहत सामाग्री बोक्दै हिमालयले करिब १ करोड ३ लाख रुपैयाँ बराबरको योगदान पु¥याएको छ ।

उक्त कार्यका लागि हिमालयको एअरबस ३१९–११५ ९एन एजेके आज बिहान ९ः१७ बजे काबुलतर्फ उडेको हो । जहाजमा अत्यावश्यकीय राहत सामग्रीहरु, जस्तैः औषधिहरू, खाद्यान्न, लत्ता–कपडा, जुत्ताहरू, ब्लाङ्केटहरू लगायतका सामाग्रीहरू रहेका थिए । जहाजमा गएको १५ सदस्यीय टोलीमा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चार क्षेत्रका प्रतिनिधि र अवैतनिक वाणिज्य दूतहरू रहेका छन् ।

काबुल उडान भर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मित्र राष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको स्पष्ट पारे । यस पुनीत कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजागर गर्ने विश्वास समेत उनले व्यक्त गरे । साथै यस खाले महान मानवीय कार्यमा पूर्णतया निःशुल्क कार्गो उडान मार्फत सहयोग पुर्याएकोमा हिमालय एअरलाइन्स्लाई विशेष धन्यवाद समेत उनले दिए ।

कार्यक्रमकै क्रममा उडान काबुलतर्फ प्रस्थान गर्नुपूर्व हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले नेपाल सरकारद्वारा अफगानी जनताका लागि मानवीय सेवा पुर्याउने पवित्र उद्देश्यका साथ यसखाले परोपकारी उडान गर्न हामीलाई अनुरोध भई आउनु वास्तवमा अत्यन्तै ठूलो सम्मानको विषय भएको बताए ।

सोही क्रममा एअरलाइन्स्का उपाध्यक्ष बिजय श्रेष्ठले आफू भौगोलिक सीमा र दूरीको परवाह नगरी विपद्मा अफगानी जनताको साथ उभिन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै भबिष्यमा पनि यस्ता सम्भाव्य मानवीय सहयोग पु¥याउने कार्यमा नेपाल सरकारका साथ उभिन सदैव तत्पर रहने प्रतिवद्धता दोहोर्याए ।

हिमालयको उडान एच९ ५९३१ काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ११ः०८ बजे अवतरण गरेको छ र उक्त, अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित संयुक्त राष्ट्र संघको सहयोगी निकायको कक्षमा उपरोक्त राहत सामाग्री हस्तान्तरण गरिनेछ ।
तत्पश्चात् जहाज आजै नेपाल फर्किनेछ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह ५ः१२ बजे अवतरण गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स