निशान किक्स र म्यागनाइटको मूल्य बढ्यो

एसेन्सी । निशान म्यागनाइट र किक्सको मूल्य बढेको छ । भारतीय बजारमा म्यागनाइट र निशान किक्सको मूल्य ९ हजार ५०० देखि २५ हजार भारुसम्म बढेको हो । भारतमा निशान म्यागनाइट को मूल्य ५ लाख ७६ हजार ५०० भारु र टप भेरियन्टको मूल्य ९ लाख ९८ हजार भारु पुगेको छ ।

नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्प रहेको छ । कम्पनीका अनुसार निशान म्यागनाइटको सुरुवाती मूल्य ३० लाख ९९ हजार रुपैयाँ र निशान किक्सको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

निशान म्यागनाइट भारतमा १० भेरियन्टमा उपलब्ध छ । यसको एक्सई, एक्सएल, एक्सएल टर्बो, एक्सएल टर्बो सीभीटीको मूल्य ५ हजार ५०० भारुले बढेको छ । म्यागनाइटको एक्सभी, एक्सभी प्रिमियम, एक्सभी टर्बो, एक्सभी प्रिमियम टर्बो, एक्सभी टर्बो सीभीटी, एकसभी प्रिमियम टर्बो सीभीटीको मूल्य ९ हजार भारुले बढेको छ ।

भारतमा निशान किक्स ८ भेरियन्टमा उपलब्ध छ । किक्सको बेस एक्सएल १.५ र एक्सभी १.५ भेरियन्टको मूल्य बढेको छ । किक्सको टप एण्ड भेरियन्ट १.३ सीभीटीको मूल्य २५ हजार भारुले बढेको छ । यसको मूल्य १४ लाख ९० हजार भारु पुगेको छ । किक्सको बाँकी ५ भेरियन्टको मूल्य २० हजार भारुले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स