सार्वजनिक हुनु अघि १५ वटा हुन्डाई आयोनिक-५ बुकिङ, मूल्य करिब ९० लाख

काठमाडौं । नेपालक लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक एसयूभी हुन्डाई आयोनिक-५ नेपाल ल्याउने निश्चित भएको छ । कम्पनीको अनुसार हुन्डाई आयोजिनक-५ माघमा नेपाली बजारमा सार्वजनिक गरिने तयारी गरिएको छ ।

कम्पनीले पहिलो लटमा २५ वटा हुन्डाई आयोनिक-५ नेपाली बजारमा भित्र्याउने छ । जसमध्ये १५ वटाको अग्रिम बुकिङ भइसकेको छ । गाडी प्रति चासो राख्दै शोरुमा आयोजिनक-५ बारेमा बुझ्न आउने ग्राहक एक सयभन्दा बढी रहेका कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हालसम्म आधिकारीक रुपमा सार्वजनिक गर्ने मिती र मूल्यको बारेमा जानकारी दिएको छैन । तर, कम्पनीको प्रतिनिधिका अनुसार सम्भवत जनवरीको अन्तिम साता वा फेब्रुअरीको पहिलो साता आयोजिनक-५ नेपालमा सार्वजनिक गरिने छ । आयोजिनक-५ को मूल्य करिब ९० लाखको आसपास हुने कम्पनीका प्रतिनिधि बताउँछन् ।

आयोनिक-५ हुन्डाईको ४५ वटा कन्सेप्ट कार मध्ये एक हो । आयोनिक-५ अल ह्वील ड्राइभ र टुह्वील ड्राइभगरी दुई भेरियन्टमा उपलब्ध छ ।

अल ह्वील ड्राइभमा २२५ किलोवाटको २ वटा इलेक्ट्रिक मोटर छ । अल ह्वील ड्राइभले ५.२ सेकेण्डमा ० देखि १०० किलोमिटरको गति लिन सक्छ ।

टूह्वील ड्राइभमा १६० किलोवाटको इलेक्ट्रिक मोटर छ । टूह्वील ड्राइभले ७.४ सेकेण्डमा ० देखि १०० किलोमिटरको गति लिन सक्छ ।

दुवै भेरियन्टमा ७२.६ किलोवाट आवर लिथियम आयन ब्याट्री छ ।

आयोजिनक-५ फुल चार्जमा ४८१ किलोमिटरको रेञ्ज दिन सक्षम छ । यसको टप स्पीड १८५ किलोमिटर प्रति घण्टा रहेको छ ।

आयोनिक-५ मा ८०० भोल्ट र ४०० भोल्ट चार्जिङ क्षमता छ । ३५० किलोवाटको डिसी चार्जिङ स्टेशनमा १८ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ । ५ मिनेटमा १११ किलोमिटरसम्मको रेञ्ज बढाउन सकिन्छ ।

५० किलोवाट चार्जिङ स्टेशना ५६.३० मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्न्छ । ५ मिनेटमा २८ किलोमिटर रेञ्च बढाउन सकिन्छ ।

कारमा चार्जिङका लागि ११ किलोवाटको शक्तिशाली चार्जर छ । जसको मद्दतबाट घरमै चार्ज गर्न सकिन्छ ।

फिचर

आयोनिक ५ मा १२.२५ इन्चको ठूलो डिजिटल कल्स्टर छ । यसमा गाडीको स्पीड र ब्याट्री अवस्था देखाउँछ । १२.२५ इन्चको टचस्क्रिन छ । जसमा क्लाइमेट, इन्फोटेनमेन्टलगायतको सूविधा उपयोग गर्न सकिन्छ । साथै स्मार्टफोन चार्ज गर्नका लागि वायरलेस चार्जिङ पनि सुविधा छ ।

कारमा रहेको ‘इकल’ फिचरको मद्दतले दुर्घटनाको समयमा आफन्त वा प्रहरीमा अटोमेटीक फोन जान्छ । यसका लागि दुर्घटना हुँदा एयरब्याग भने खुल्नुपर्छ । साथै अघिल्लो र पछिल्लो क्याबिनमा यूसबी पोर्ट छ । ब्ल्यूलिंक कनेक्टेड कार सर्भिसको मद्दतबाट स्मार्टफोन वा भ्वाईसबाट कार कन्ट्रोल गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स