आईसीइ इन्जिनको कारको तुलनामा इलेक्ट्रिक कारको एक्सेलरेसन किन धेरै हुन्छ ?

एजेन्सी । इलेक्ट्रिक कारको एक्सेलरेसन इन्टरनल कमबससन इन्जिन (आईसीइ) कारको भन्दा धेरै हुने गरेको छ । उच्च एक्सेलरेसन भएकाले इलेक्ट्रिक कार छिट्टै तीव्रगति लिन्छ । आईसीइ इन्जिन युक्त कारको एक्सेलरेसन इलेक्ट्रिक कारको तुलनामा एक्सेलरेसन कम हुने हुँदा एक्सेलरेटर दवाउँदा यसको स्पीड विस्तारै विस्तारै बढ्छ ।

एक साधारण आईसीइ इन्जिन युक्त कारको इन्जिनले ७०००-८००० आरपीएममा सबैभन्दा धेरै पावर जनरेट गर्छ । तर, उक्त समयमा कारलाई धेरै पावर प्राप्त भए पनि टर्क आउटपुट एक स्तरसमम पुगेर रोकिन्छ । यो किन हुन्छ भने अधिक आरपीएम लिँदा कारमा अक्सिजन अवशोषित (Absorb) गर्ने क्षमता कम हुन्छ ।

अर्कोतर्फ इलेक्ट्रिक कारमा इन्जिन हुँदैन । त्यसैले इलेक्ट्रिक कारलाई पावर जनरेट गर्नका लागि इन्धन र हावाको मिश्रणलाई जलाउनु पर्दैन । इलेक्ट्रिक कारको मोटरमा जति बिजुली जान्छ उसले उती नै पावर जनरेट गर्छ । इलेक्ट्रिक कारको मोटर चक्काको एक्सेलमा लगाइएको हुन्छ । जसको सहायताले मोटरको पावरलाई चक्कामा पुग्न ऊर्जा कम लाग्छ र अधिक टर्क मिल्छ ।

एउटा इलेक्ट्रिक मोटर शून्य आरपीएममा पनि टर्क जनरेट गर्न सक्षम हुन्छ । यहि कारणले इलेक्ट्रिक कार उकालोमा चढ्ने क्षमता आईसीइ इन्जिन उक्त कारको तुलनामा राम्रो हुन्छ । साथै आईसीइ इन्जिनले एक निश्चित आरपीएममा पुगेपछि मात्र टर्क उत्पादन गर्न सक्षम हुन्छ ।

इलेक्ट्रिक कारमा टर्क उत्पादन एकदमै तीव्र हुन्छ र धेरै आरपीएममा टर्क जनरेट गर्ने क्षमता पनि बढ्छ । इलेक्ट्रिक कारमा गियर हुँदैन र यो बिजुलीबाट सञ्चालन हुन्छ । मोटरमा ब्याट्रीबाट ऊर्जा मिल्ने वित्तिकै एक्सेलरेसन तुरुन्त हुन्छ । आईसीइ इन्जिनका कारमा एक्सेलरेसन धेरै हुँदा आरपीएम सामान्य हुनेछ । कारको इन्जिनबाट निक्लिने ऊर्जा गियर र क्लच हुँदै चक्कामा पुग्छ जसले गर्दा एक्सेलरेसनका लागि टर्क ढिलो मिल्छ ।

इलेक्ट्रिक मोटर कुनै पनि स्पीडमा धेरै टर्क प्रदान गर्छ सक्षम हुन्छ । तर आईसीइ इन्जिनलाई इलेक्ट्रिक कारको तुलनामा तर्कसमम पुग्न धेरै आरपीएम जनरेट गर्नुपर्ने हुन्छ ।

आईसीइ इन्जिन युक्त कारमा गियर हुने भएकाले हाईवेमा कम आरपीएममा पनि अधिक स्पीडमा चल्न मद्दत गर्छ । इलेक्ट्रिक कारमा गियर सिस्टम नहुने हुँदा यसको एक्सेलरेसन पुर्ण रुपमा ब्याट्रीबाट मोटरमा गरिएको ऊर्जामा निर्भर हुन्छ ।

उत्कृष्ट एक्सेलरेसन (टर्क) दिने इलेक्ट्रिक कारको कुरा गर्दा सबैभन्दा अघि टेस्ला मोडल एस प्लेडको नाम आउँछ । यो इलेक्ट्रिक कार केबल २ सेकेन्डमा ० देखि १०० किलोमटिर प्रति घण्टको गति लिन सक्छ । यो कारमा लगाइएको इलेक्ट्रिक मोटर १०२० बीएचपी पावर जनरेट गर्न सबल छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स