आजदेखि स्मार्ट लाइसेन्सको छपाई सुरु, हुलाकबाट घर-घरमा पुर्याइने

काठमाडौं । स्मार्ट ड्राइभिङ लाइसेन्स (सवारीचालक परिचयपत्र) को छपाई आजदेखि सुरु भएको छ । सात महिनाको पर्खाइपछि यातायात व्यवस्था विभागले मंगलबार एक कार्यक्रमकाबीच स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा औपचारिक रुपमा लाइसेन्स छपाई सुरु गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री यादवले अब सेवाग्राहीको घर-घरमा ड्राइभिङ लाइसेन्स पुर्याइने बताइन् ।

मंसिर पहिलो साता नै १४ लाख कार्ड आइपुगेको थियो। गुणस्तर परिक्षणका लागि फ्रान्स पठाएर रिपोर्ट आएपछि छपाइ सुरु गरिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले माघ मसान्तसम्म सबै ब्याकलग सक्ने दाबी गरे । उनका अनुसार करिव ४ लाख ५० हजार ब्याक लक छ। दैनिक ८ हजार कार्ड छाप्न सक्ने क्षमता छ । तीन सिफ्टमा छपाइ गर्ने तयारी भएको छ। विभागसंग रहेको मास प्रिन्टरले १ मिनेटमा ४ वटा कार्ड छाप्न सक्छ ।

‘टाढा-टाढाबाट काठमाडौं आएर लाइसेन्सको ट्रायल दिएर लाइसेन्स नआएसम्म यही बस्नुपर्ने बाध्यता हटाउनको लागि काम गरिरहेका छौं,’ उनीले भनिन्, ‘यस्ता सेवाग्राहीका लागि हुलाकबाटै लाइसेन्स सम्बन्धित ठाउँमा पुर्याउने व्यवस्था पनि गर्नेछौं ।’

अब नवीकरण गर्ने सेवाग्राहीले उपत्यकाभित्र १० देखि १५ दिन र उपत्यका बाहिर १ महिनामा लाइसेन्स प्राप्त गर्नेछन् । गत बर्ष नै तीन महिनामा ल्याउने भन्दै यातायात व्यवस्था विभागले ठेक्का लगाएको थियो । तर वीचमा प्राविधिक समस्या आएका कारण एक वर्ष ढिला गरि कार्ड आइपुगेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स