हुन्डाई भेन्यू फेसफिफ्ट नयाँ अवतारमा बजारमा आउँदै

एजेन्सी । हुन्डाईले कम्प्याक्ट एसयूभी भेन्यूको फेसलिफ्ट ल्याउने भएको छ । हुन्डाई कम्पनी भेन्यूको फेसलिफ्टमा काम गरिरहेको छ । हुन्डाई भेन्यू २०७६ भदौमा नेपालमा भित्रिएको थियो । बिक्रीका हिसाबले भेन्यू हुन्डाईको सफल कारमध्ये पर्छ ।

अब कम्पनीले भेन्यूलाई नयाँ अवतारमा आगामी वर्ष बजारमा ल्याउने छ । भेन्यू फेसलिफ्ट हाल दक्षिण कोरियामा टेस्ट भइरहेको छ ।

भेन्यूलाई कम्पनीले नयाँ लुक्समा उपभोक्ता माझ ल्याउने तयारी गरेको छ । जसमा नयाँ एलईडी टेललाईट, नयाँ टेलगेट, पछिल्लो बम्परमा पनि परिवर्तन देख्न सकिन्छ । यसका साथै कारमा नयाँ अलो ह्वील पनि दिइनेछ । साथै यसको इन्टिरियरमा पनि केही परिवर्तन देख्न सकिन्छ । सन् २०२२ मा सार्वजनिक हुने भेन्यूमा वर्तमान भेन्यूको तुलनामा धेरै परिवर्तन देख्न सकिन्छ ।

तर, यसको प्रोफाइल भने पहिलेकै जस्तो हुनेछ । इन्टिरियरमा ३ स्पोकको स्टेरिङ ह्वील, २०.३२ सेन्टीमिटरको टचस्क्रीनमा एचडी डिस्प्ले दिने सम्भावना छ । यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले, अटो क्लाइमेट कन्ट्रोल, पुश बटन स्टार्ट स्टप, एक इलेक्ट्रिक सनरुफ, वायरलेस मोबाइल चार्जिङ, क्रुज कन्ट्रोल र ब्ल्यूलिंक कनेक्टेड कार प्रविधि दिइनेछ । भेन्यूमा एयर प्योरीफायर पनि राखिनेछ ।

हुन्डाई भेन्यू ३ इन्जिन विकल्पमा उपलब्ध हुनेछ । स्ट्यान्डर्ड पेट्रोल भेरियन्ट १.२ लिटर इन्जिनको हुनेछ । जसले ८२ बीएचपीको पावर र ११५ एनएमको टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुअल गियरबक्स हुनेछ ।

भेन्यूमा १.४ लिटर डिजल इन्जिन विकल्प पनि दिइने छ । जसले ८९ बीएचपी पावरमा २२० एनएम टर्क प्रदान गर्छ । जसमा ६ स्पीड म्यानुअल गियरबक्स हुनेछ ।

यी इन्जिन विकल्पमध्ये सबैभन्दा शक्तिशाली इन्जिन १.० लिटर टर्बोचाज्र्ड पेट्रोल हुनेछ । जसले ११८ बीएचपी पारमा १७२ एनएम टर्क प्रदान गर्छ । जसमा ७ स्पीड डुअल क्लच अटोमेटिक गियरबक्स लगाइने छ ।

सुरक्षाका लागि भेन्यूमा एबीएसका साथै ईबीडी, रियर पार्किङ क्यामरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट, हिल असिस्ट कन्ट्रोल, ब्रेक असिस्ट सिस्टम र आइसोफिक्स दिइने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स