नाडा कार्यसमितिले पूर्णता पायो, श्रेष्ठ र रिजाल एक/एक कार्यकालका लागि उपाध्यक्ष

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले कार्य समिति चयन गरेको छ । नाडाले बुधबार पदाधिकारी र सदस्य मनोनित सम्पन्न गरेको हो ।

नाडाको कार्यसमिति भित्रको निर्वाचनबाट पदाधिकारी चयन भएका हुन् ।

नाडाको महासचिवमा सुरेन्द्रकुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी दुई उपाध्यक्षका लागि भएको निर्वाचनमा राजनबाबु श्रेष्ठ विजय भएका छन् भने निराकार श्रेष्ठ र सुनिल रिजालले समान मत पाएका छन् । सामान मत प्राप्त गरेकाले उनीबीच एक/एक कार्यकाल उपाध्यक्ष रहनेगरी सहमती भएको छ ।
पहिलो वर्ष रिजाल उपाध्यक्ष हुने छन् भने दोस्रो कार्यका लागि श्रेष्ठ उपाध्यक्ष रहने छन् ।

प्रदेशतर्फको उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । सचिवमा विक्रम सिंघानिया र सहकोषध्यक्षमा पंकज अग्रवाल विजयी भएका छन् ।

पदाधिकारीको निर्वाचन हुनु अघि बसेको नयाँ कार्यसमितिको पहिलो बैठकबाट नाडा अध्यक्ष ध्रुव थापाले ३ नयाँ सदस्य मनोनित गरेका छन् । सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाललाई सदस्यमा मनोनित गरेको थियो। अग्रवाल कार्यसमिति सदस्यमा निर्वाचन लडेर पराजित भएका थिए ।

नाडाको विधान अनुसार अध्यक्ष बाहेक १७ जना निर्वाचित सदस्य, प्रदेशबाट ७ जना, ३ जना अध्यक्षबाट मनोनित र निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ । २९ जनाको कार्यसमितिबाट एक जना अध्यक्ष, ४ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकएक जना गरी कुल ९ जनाको पदाधिकारी टिम बनेको हो ।

गत मंसिर २३ गते सम्पन्न साधारण सभा तथा अधिवेशनबाट ध्रुव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स