भरतपुरमा १२५ सीसीको ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्स प्रालिले भरतपुर स्थित मालाश्री शोरुमबाट यूवा १२५ सीसीको टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरेको हो।

मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

आज भएको कार्यक्रममा चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी को उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स