टोयोटाको कम्प्याक्ट एसयूभी राइज सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज लन्च भएको छ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज सार्वजनिक गरेको हो । यसको मूल्य ६६ लाखदेखि ८६ लाख रुपैयाँसम्म पर्ने बताइएको छ ।

कम्प्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै उत्कृष्ट मोबिलिटी सोलुसनको रुपमा राइज ल्याएको र यसबाट आरामदायी र सुरक्षित अनुभव हुने कम्पनीको भनाइ छ ।

टोयोटा राइज एक पावरफुल र निकै विशेषता भएको प्यासेन्जर कार भएको बताइएको छ । साइजमा सानो भए पनि यसमा रहेको २ सय एमएम ग्राउन्ड क्लियरेन्स, ४.९ मिटरको टर्निङ रेडियस, ३६९ लिटरको बुट स्पेस र फराकिलो सिटिङ लगायतका फिचरले यसलाई सो क्लासकै उत्कृष्ट मध्येको हो ।

भर्खरै मात्र तयार गरिएको इनलाइन थ्री सिलिन्डर १.२ लिटरको पेट्रोल इन्जिनले टप लेवलको एक्सिलरेसन प्रदान गर्छ भने राइज अटोमेटिक भेरिएन्टमा रहेको छ ।

सीभीटी गियरबक्सले आरामदायी यात्राको अनुभव प्रदान गर्छ । त्यसैगरी यसमा रहेको १७ इन्चको टायरले निकै पावरफुल महसुस गराउनुका साथै गाडीको स्थिरतामा समेत सहयोग गर्छ ।

राइजमा १७ विभिन्न खालका स्टोरेज स्पेस रहेको छ भने इन्टरटेनमेन्टको लागि एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ७ इन्चको डिस्प्ले दिइएको छ । सुरक्षामा पनि उत्तिकै अब्बल फिचर छन् ।

गाडीमा रियरभ्यु क्यामेरा जडित छ भने अगाडि र पछाडि दुई दुई वटा सोनार सेन्सर रहेको छ । त्यसैगरी गाडीमा एबीएस, भेइकल स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोललगायतका अत्याधुनिक फिचरहरु रहेका छन् ।

नेपाली बजारमा १.२ लिटर म्यानुअल र अटोमेटिक तथा १ लिटर टर्बो म्यानुअल र अटोमेटिक गरी चार वटा भेरिएन्टमा टोयोटा राइज उपलब्ध हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स