६६ मतान्तरले नाडा अध्यक्षमा ध्रुव थापा विजयी, ५ जना थापा र १२ जना चौधरी प्यानलबाट सदस्य निर्वाचित(पत्रसहित)

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पोखराका अटो व्यवसायी ध्रुव थापा विजयी भएका छन् । थापाले प्रतिद्वन्दी करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन् ।
विजयी थापाले १ हजार ४ सय १३ मत प्राप्त गरे भने पराजित चौधरीले १ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् ।

मिलनबाबु मल्ल (१४६५), अनुपकुमार बराल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२) र सुनिल रिजाल (१४०२) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी सोही प्यानलबाट अभिक ज्योति (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंघानिया (१३७१) र गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।

साथै, थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।

नाडा निर्वाचन समितिका अनुसार २७ सय ८८ मत खसेको थियो । यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स