एमजी हेक्टर सार्वजनिक, शुरुवाती मूल्य ५९ लाख ९९ हजार

काठमाडौं । एमजी (मोरिस ग्यारेज) हेक्टर नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले आज (बिहीबार) नक्क्साल शोरुमबाट एमजी हेक्टर सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गरिनुका साथै ग्राहकहरुलाई गाडी डलिभरी पनि गरिएको थियो । १.५ लिटर टर्बोचाजर््ड इन्टरकूल इन्जिनयुक्त हेक्टर एमटी र सीभीटी भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ र हेक्टी सीभीटीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सुरक्षा, शैली र फंसनालिटीका लागि हेक्टर निकै प्रशंसित छ । यूएसबी वर्गमा पहिलोपल्ट बोल्ड फन्ट क्रोम ग्रिल, पोजेक्टर हेडल्याम्प र स्टाइलिस १७ इन्चको एलोय ह्विल, इलेक्ट्रिक सनरूफ, पुस बटन स्टार्ट, २६।४ इन्चको टचस्क्रिन र अन्य निकै भिन्न विशेषताले एमजी हेक्टरलाई बेन्चमार्को रूपमा खडा गरेको छ ।

एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा हेक्टर नेपाली सडका लागि उपयुक्त हुने विश्वास गरिएको छ । भारतमा बनेको यो एसयूभी नेपालस्थित सम्पूर्ण डिलरसिशपहरुमा उपलब्ध छ । हेक्टर मिड स्पेक भेरियन्टको कार हो । हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधालाई ग्राहकहरूले पराउने कम्पनीको दावी छ ।

एमजी हेक्टर नेपालमा अत्याधिक माग भएको बहु-प्रतिक्षित एसयूभीमध्ये एक हो । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरुले ग्राहकहरुको अपेक्षलाई सम्बोधन गर्ने विश्वास गरिएको छ । यसको नयाँ गेम–चेन्जर मोडलले एसयूभी लेगेसीलाई सुढुत पार्दै लेटेस्ट् एसयूभी हाँने ग्राहकहरुको चाहना पनि पुरा गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स