नाडाको वार्षिकोत्सवमा अर्थमन्त्रीले भने नेपाल मै एसेम्बल प्लान्ट किन स्थापना नगर्ने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल मै एसेम्बल प्लान्ट किन स्थापना गर्न व्यवसायीहरूलाई हौसाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले नेपालमा पर्याप्त बजार, श्रम, विद्युत, जमीन भएकोले सवारी साधानको एसेम्बल प्लान्ट किन नखोल्ने भन्ने प्रश्न गरेका हुन् ।

‘सरकारले के गर्नुपर्छ गर्छौं । अहिलेको भन्दा फरक योगदान दिन सक्ने वातावरण बनाउने पक्षमा म छु,’ उनले भने ‘राजस्व, रोजगारी, कनेक्टिभिटीमा अटो क्षेत्रले पु¥याएको योगदान सराहनीय छ ।’

राजस्व र कुल गार्हस्थ उत्पादनमा अटो क्षेत्रको योगदान अझै बढाउन उनले व्यवसायीलाई आग्रह गरेका हुन् । अहिले २५ प्रतिशत प्रत्यक्ष योगदान रहेकामा त्यसलाई घटाएर अप्रत्यक्ष योगदान ५० प्रतिशत बनाउन प्रस्ताव गरेका हुन् ।

नेपालमा सबैभन्दा बढी उपलब्ध स्रोत पानी र जलविद्युत हो र सबैभन्दा आम्दानी गर्ने माध्यम पनि पानीबाट बनाएको बिजुलीको उपभोग गर्ने मागसहित डेलिगेसन आउँदा म स्वागत गर्नेछु,’ उनले थपे ‘विद्युत र श्रमशक्तिको राम्रो उपयोग गर्न नाडाले सरकारलाई सघाउने कुरामा तपाईहरू विश्वस्त हुनुहोस् ।’

देशलाई आत्मनिर्भर बनाउन, रोजगारी सिर्जना गर्ने नीति मैले बदल्दिनँ, भोलिका अर्थमन्त्रीले भने बदल्ने स्थित नआउने उनले बताए परम्परागत नीतिलाई परिमार्जन गर्नुपर्ने कुरामा आफ्नो मत रहेको उनले जानकारी गराए ।

मन्त्री शर्माले अर्थशास्त्र आफूलाई थाहा नभएपनि देशलाई आत्मनिर्भर बनाउने तरिका थाहा भएको भन्दै देश आत्मनिर्भर नभएसम्म जनताले सेवा सुविधा पाउँदैनन् भन्ने मलाई थाहा छ,’ शर्माले भने ।

विद्युतीय गाडीका लागि पूर्वाधार अभाव रहेको दाबी गर्दै उनले भने, ‘सबै पेट्रोल पम्पलाई चार्जिङ सुविधा पाउन गरी स्तरोन्नती गर्नुपर्छ । समानान्तर रूपमा दुवै सुविधा उपलब्ध गराउने वातावरणा बनाउन उनले आग्रह गरे । उनले सरकार शासन गर्न हैन, सेवा गर्न तयार रहेकाले सहकार्यमा लागि छलफल गर्न र मिलेर नीति बनाउन आग्रह गरे ।

परम्परागत सोचमा परिवर्तन गर्नुपर्नेः वरिष्ठ उपाध्यक्ष ढकाल

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए । सवारी साधान आयातमा सरकारले प्रतिबन्ध लाग्ला भन्ने त्रास व्यवसायीमा रहेको महसुस आफूले गरेको उनले बताए । ‘प्रतिबन्ध लगाउन मिल्दैन,’ उनले भने ‘ स्वेदशी उत्पादनले प्रतिस्थापन गर्न भने मिल्छ ।’

अर्थतन्त्रलाई अगाडि बढाउन यो पारम्पारिक सोच अन्त्य गर्नुपर्ने उनको भनाइ छ । ‘परम्परागत नीति समयानुकल परिवर्तन गयौं भनेमात्र कल्पना गरेअनुसारको आर्थिक विकास टाढा छैन,’ उनले भने, ‘चारपांग्रे सवारी एसेम्बल उद्योग निर्माण गर्न सरकारबाट प्रोत्साहन गर्नुपर्छ । नेपालमै चारपांग्रे सवारी बनाउँदा बिजुलीको अधिक उत्पादन यही खपत हुन्छ भने आयात घट्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स