फोटोन मोटर्सको स्कुल भ्यान नेपाली बजारमा

काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको लग्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ ।

एसएफ २।८ क्युमिंस जडित इञ्जिन भएको स्कुल भ्यानमा एउटै इञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो स्कुल भ्यान सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

विद्यार्थीलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरी नेपाली बजारमा ल्याइएको स्कुल भ्यानमा विशेष प्रकारको सुविधा रहेका छन् । साथै विद्यालय र विद्यार्थीको सुविधालाई ध्यानमा राखेर अन्य एसेसरिज पनि थप्न सकिने कम्पनीले जनाएको छ ।

आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा एसी भेन्ट र सिट बेल्ट रहेको छ। भ्यानमा आरामदायी सेमी रिक्लाइनिङ सिट रहेका छन् भने सुरक्षालाइ ध्यानमा राख्दै एयर ब्याग पनि रहेको छ ।

भ्यानमा सामान राख्नको लागि पर्याप्त ठाँउको साथै व्यागसमेत राखेर आरामसगँ बस्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। कम्पनीले नेपालभर १० वटाभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स