ध्रुव थापाको समावेशी प्यानल घोषणा, एफएनसीसीआई अध्यक्ष र उपाध्यक्षको साथ

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षका प्रत्यासी ध्रुब थापाको प्यानल घोषणा भएको छ । थापाले साना तथा ठूला कर्पोरेट हाउसलाई समेटेर बिहीबार समावेशी प्यानल घोषणा गरेको हो ।

थापाको टिममा नाडाका वर्तमान उपाध्यक्ष आकाश गोल्छा, अमर ज्योति रञ्जित, यमुना श्रेष्ठ, विएन पाठक, दिपककुमार अग्रवाल, दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेल (राजन), नवराज भुसाल निराकर श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन बिएस कंसाकार, सञ्जय कुमार खेतान, शुभाषिश थपलिया रहेका छन् ।

थापालाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्षको साथ रहेको छ । महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठका भाइ निराकर श्रेष्ठ पनि थापाको समूहमा छन् ।

आफ्नो प्यानल समावेशी हुनुका साथै साना र ठूला अटोमोबाइल्स व्यवसायीको भावनालाई सम्बोधन गर्नेगरी टिम निर्माण गरिएको उनको दावी छ ।

‘हामीले सबै प्रदेशका साथीहरुसाग अन्तक्रिया गरेका छौं,’ थापले भने, ‘छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न हामी प्रतिवद्ध रहेका छौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स