काठमाडौं । प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा सार्वजनिक भएको छ ।
आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले भव्य कार्यक्रमसहित बहुप्रतिक्षित गाडी ‘ई–मास सेभेन’ सार्वजनिक गरेको हो ।
नवप्रवर्तनकारी अटोमोटिभ समाधानहरूमा एक विश्वव्यापी अग्रणी प्रोटोनले अत्यधिक प्रतीक्षित विद्युतीय सवारी साधन, प्रोटोन ‘ई–मास सेभेन’लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको घोषणा गरेको छ ।
‘ई–मास सेभेन’ सार्वजनिक समारोहमा प्रतिष्ठित गण्यमान्य व्यक्ति, अटोमोटिभ क्षेत्रका विज्ञहरू, संचारकर्मीहरू र कारप्रेमीहरूको उपस्थिति रहेको थियो ।
नेपाल स्थायी भविष्यतर्फ अघि बढिरहेकाले, प्रोटोन ‘ई–मास सेभेन’ दुई भेरियन्ट – प्राइम र प्रिमियममा सार्वजनिक गरिएको छ, जसको मूल्य ५६,९९,००० (छपन्न लाख उनान्सय हजार) देखि सुरु हुन्छ । छ वटा आकर्षक रङ्गमा उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नै शैली अनुसार छनोट गर्ने विकल्प प्रदान गर्छ ।
प्रोटोन ‘ई–मास सेभेन’ दुई ट्रिम लेभलहरू – प्राइम र प्रिमियम – मा उपलब्ध छ र पाँच रङ्गहरूमा आउँछ; प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट रहेको छ ।
उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामी नेपालमा प्रोटोन ‘ई–मास सेभेन’सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’
नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्नेछ ।
प्रोटोनको पहिलो विद्युतीय सवारी साधन ईभीमा ग्लोबल मोड्युलर आर्किटेक्चर जीएमए प्लेटफर्ममा निर्माण भएको छ । १२–इन–१ इन्टेलिजेन्ट, इलेक्ट्रिक प्रोपल्सन सिस्टम , नवीनतम सेल–टु–बडी सीटीबी ब्याट्री संरचना रहेको छ ।