काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालको आगामी मंसिर २२ र २३ गते हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने भएका छ । उक्त साधारण सभा तथा निर्वाचनमा कस्तो नेतृत्व छनोट गर्ने भन्ने अधिकार अब नाडाका सदस्यहरुको हातमा छ ।
नाडामा अब नयाँ परिवर्तनको महसुस गराउँदै ठूलो सानो व्यवसायको कुनै भेदभाव नगरी सबैको नजिक सम्पर्कमा रहेर काम गर्न सक्ने नेतृत्व छनोट गर्नुहुनेछ भन्ने अध्यक्षका प्रत्याशी धुब्र थापाले आशा गरेका छन् ।
४५ वर्ष देखि हामी अटोमोवाइल व्यवसायी राज्यसँग सधैँ नीतिगत सुधारको माग गर्दै आएका छौं । देशमा झण्डै १५ लाख भन्दा बढीलाई रोजगारी तथा कुल राजश्वको २५ प्रतिशत भन्दा बढी योगदान यहि क्षेत्रबाट हुँदै आएको भएता पनि राज्यले यसलाई अझै आवश्यकताको साधन मान्न हिचकिचाएको अवस्था छ ।
राज्यसँग हामी अटोमोबाइल्स ब्यवसायीहरु सदैब त्रसित रहनु पर्ने स्थिती अहिले पनि बिद्यमान छ। अधिक भन्सार मूल्याकंनको कुरामा होस् अथवा कालाबजारीको ऐनकानून लगाएर, राज्यले हामी अटोमोबाइल ब्यवसायीहरुलाई जहिले पनि सन्त्रासको वातावरणमा काम गर्नु पर्ने अवस्था सृजना गरेको छ।
यस अवस्थाको निराकरणको लागि अटोमोबाइलस क्षेत्रको एउटा छुट्टै ‘आयात देखि उत्पादन’ सम्मको स्पष्ट कानून बनाउन आवश्यक छ र त्यसको लागि सरकारसँग तत्काल लबिङ गर्नुपर्ने जरुरी देखिन्छ, जुन काम मेरो टिम निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर अगाडी बढाउने छु।
विगतमा थापा दुई पटक नाडाको उपाध्यक्ष भइसकेका छन् । जिल्लादेखि नाडासम्म २१ वर्ष देखि अनवरत रुपमा अटोमोबाइल एसोसिएसनमा आवद्ध भएर काम गरेका छन् । लायन्स क्लबको गभर्नरदेखि पश्चिमाञ्चल अटोमोबाइल एसोसिएसनको अध्यक्ष भएर सामाजिक संस्थाहरुको नेतृत्व पनि सफलता पूर्वक सम्पन्न गरिसकेको अनुभव थापासंग छ भने उनको टिममा सबै प्रकारका अटोमोबाइल व्यवसायसँग सम्बन्धित तथा अझ स्पेयर पार्टस् क्षेत्रमा बिशेष दख्खल हुनु भएका व्यवसायीहरु आवद्ध भएको एउटा समावेशी टिम छ ।
जस्ले गर्दा भोली हाम्रो टिम नेतृत्वमा गइरहदाँ सबैे क्षेत्रका समस्याहरुको पहिचान र त्यसको सम्बोधन गर्न सक्नेछ । थापा आफै पनि मोफसलमा बसेर एउटा सानो व्यवसाय गर्दै अगाडी बढेको ब्यवसायी भएकोले गर्दा पनि मोफसलको तथा साना तथा मझौला ब्यवसायको समस्यासँग राम्रोसँग परिचित छन् ।
नाडाको सधैं राजधानी केन्द्रित नेतृत्वले मोफसल र साना ब्यवसायीको आवाज सुन्न नसकेको अवस्थामा थापाको टिमले नाडा सदस्यहरुको परिबर्तनको सोचलाई साकार पार्न नाडाको नेतृत्वको लागि थापा अघि बढेका छन् ।
यसैले नाडाको आगामी निर्वाचनमा सदस्यहरुको साथ र सहयोगका साथै आफ्नो अमुल्य मत प्रदान गरि थाप र उनको टीमलाई विजयी गराइदिनु हुन हार्दिक अनुरोध गरेका छन् ।
थापा समूहको प्रतिवद्धता
नीतिगत सुधार
प्रदेश स्तरमा निर्माण भएका प्रदेशीक संरचनालाई अधिकार सम्पन्न बनाउने। व्यवसायमैत्री वातावरण निर्माण गर्न आवश्यक पहल गर्ने । अटो लोनको सिमा बढाउन पहल गर्ने । सवारी साधन तथा तिनिहरुका पार्टपुर्जाको आयात, एसेम्बल र उत्पादनमा प्रस्ट नीति निर्माणको लागि सरकारसंग लबिङ्ग गर्ने। अत्यावश्यक साधनको सूचीमा सवारी साधनलाई राख्न पहल गर्ने । अटो क्षेत्रका समस्या र समाधानको उपाय सहित बिज्ञ टोलिको गठन गरि राज्यसँग सार्थक संवाद गर्ने । नीतिगत लबिङ्गगर्न छुट्टैै समितिको स्थापना गर्ने ।
सचिवालय सुधार
नाडाको काम चुस्त बनाउन र हरेक सदस्यको गुनासो सुन्न सक्ने गरी सचिवालय सुधार गर्ने । नाडाका हरेक महत्वपूर्ण निर्णय बारे जानकारी दिन र गुनासो सुन्न हेल्प डेस्क राख्ने । समितिहरुले गरेका महत्वपूर्ण निर्णयहरु जानकारी दिन प्रविधिको प्रयोग गर्ने । नाडाको आफ्नै भवन निर्माणको लागि पहल कदमी थाल्ने ।
नाडा अटो शो
नाडा अटो शो’ आन्तरिक बजार प्रवद्धर्न केन्द्रित गर्दै प्रदेशमा पनि थालनी गर्ने । अहिले हुँदै आएको नाडा अटो शोको ‘प्याटेन्ट’ दर्ता गर्ने । अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य र समन्वय गरेर बृहत नाडा अटो शो आयोजना गर्ने ।
सदस्यहरुको क्षमता अभिवृद्धि नाडाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका ट्रेनिङ, सेमिनार र गोष्ठीहरु सबै प्रदेशमा आयोजना गर्ने ।
डाटा हव निर्माण
हरेक किसिमका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट्स लगायतका विषयमा तथ्यांक राख्ने । हरेक प्रदेशको सवारी साधन सम्बन्धी व्यवसायको तथ्यांक निर्माण गर्ने । अटोमोबाइल सम्बन्धि रोजगारी, राजस्व र सडक पूर्वाधारसम्बन्धी तथ्यांक तयार गर्ने ।
सामाजिक उत्तरदायित्व समाजिक उत्तरदायित्व सहितको व्यवसाय र समावेसी संगठन निर्माणमा सहयोगी बन्ने । संकटको घडीमा आमनागरिकको साथमा उभिदै आएको नाडाले ट्राफिक सचेतना, सडक सुरक्षा लगायतका विषयमा राष्ट्रव्यापी कार्यक्रम आयोजना गर्ने ।