काठमाडौं । नेपाली बाइकप्रेमी र अफ–रोड रेसिङप्रति रुचि राख्नेहरूका लागि खुसीको खबर ,नेपाली युवक दिपेश श्रेष्ठले जो हाल अहिले अल्फा अटोमोटिभका कार्ट हेडका रुपमा कार्यरत छन् । उनि भारतको रोयल इनफिल्ड स्लाइड स्कूल रेसिङ ट्रेनिङ कार्यक्रममा सहभागी भई नेपालको मोटरस्पोर्ट क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनवरी २५–२६ मा सम्पन्न उक्त दुई दिने विशेष प्रशिक्षणमा दिपेशले बाइक नियन्त्रण, क्यास म्यानेजमेन्ट, अफ–रोड रेसिङ टेक्निक लगायतका महत्वपूर्ण सीपहरू सिक्ने अवसर पाए । उनले रोयल इनफिल्डको हिमालयन ४११ बाइकमा विभिन्न चुनौतीपूर्ण भू–भागमा अभ्यास गर्दै, माटो र फ्याल्ट ट्र्याकमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने बुझ्न सके ।
प्रशिक्षणमा बाइकको सही पोस्चर, सुरक्षात्मक राइडिङ गियरको महत्त्व, रेसिङ फ्ल्याग संकेतहरूको प्रयोग जस्ता व्यावहारिक पक्षहरूलाई विशेष ध्यान दिइएको थियो । नेपालमा अफ–रोड रेसिङको भविष्य सम्भावनायुक्त छ । दिपेश जस्ता युवाहरूको उत्साहले यो खेललाई अझै व्यावसायिक बनाउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने आशा गर्न सकिन्छ ।