काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिंग अनुभूति प्रदान गर्दै, होण्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रा लि.ले होण्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ ।
‘फ्रम सिटी लाईट्स टु माउनटेन हाईट्स, राईड इट अल’ भन्ने मुख्य नारामा आधारित उक्त कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइएको थियो ।
टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हत्तिवनको जंगल पार गर्दै हत्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुंिगयो । यो सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई एनएक्स २००को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको छ।
एनएक्स २०० मिट एण्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका पाएका थिए । यसले बाइकको ‘एडभेन्चर–क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ । बाइकमा रहेको यु.एस.डी (अपसाइड डाउन) गोलडेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले एनएक्स २०० बाईकले अफरोड यात्राका लागि विशेष गरी नेपालको युवा पुस्तामाझ लोकप्रियता कमाएको छ ।
यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल ए.बि.एसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ । २०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराईट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ ।
कार्यक्रमपछि प्रकृतिमय हात्तीवन हिमालयन हाइट रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।