विद्युतिय गाडीको चिन्ता महानगरलाई, आयु सकिएका ब्याट्रीको विवरण माग्यो

काठमाडौं । विश्व बजारमै विद्युतिय गाडीको प्रयोग बढिरहेको छ । विश्वमै त्यसमा प्रयोग हुने ब्याट्री काम नलाग्ने अवस्थामा कसरी प्रयोग गर्ने भन्ने विषयमा बहस भैरहेको छ ।

ब्याट्रीमा प्रयोग भएको रसायन निकै हानीकारक रहेको र त्यसलाई चिहान नै बनाएर राख्नुपर्ने छलफल चलिरहेको छ । यो विषयमा काममाडौं महानगरपालिकाले समेत चिन्ता लिएको छ ।

महानगरले वातावरण विगार गर्ने भएको कारणले गर्दा कहाँकति संख्या रहेको त्यसको विवरण माग गरेको हो ।
आज महानगरले जारी गरेको सूचनामा गाडीमा प्रयोग पश्चात काम नलाग्ने अवस्थाका ब्याट्रीहरूबाट निस्कने ठोस तथा तरल पदार्थ र ग्याँसले वातावरणीय अवस्थामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पुयाएकोले त्यसलाई व्यवस्थित बनाउनुपर्ने भनिएको छ ।

महानगरले भनेको छ, ‘वातावरणका लागि उपयोगी र लाभदायी बस्तुको नोक्सानी गरिरहेको छ । यसर्थ, काठमाडौँ महानगरपालिकाभित्र कार्य क्षेत्र भएका सवारी साधनमा प्रयोग हुने ब्याट्रीका आयात कर्ता, विक्रेता तथा प्रयोग कर्ताहरूले आफ्नो दायित्वमा रहेका काम नलाग्ने अवस्थाका ब्याट्रीहरूको सङ्कलन, भण्डारण, पुनःप्रयोग र अन्तिम विसर्जनको विधि प्रक्रिया सम्बन्धी विवरण महानगरपालिका वातावरण व्यवस्थापन विभागमा उपलब्ध गराउन अनुरोध छ।’

काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ को परिच्छेद ७ को दफा ५१ मा फोहर व्यवस्थापनको दायित्व सम्बन्धी व्यवस्था छ । यसमा उल्लेख भएका दायित्व पूरा नगर्नेहरूलाई सोही ऐनको दफा ५२ बमोजिम कानुनी सजाय तथा कारबाही हुने व्यवस्था रहेको व्यहोरा अवगत गराएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स