नेपाली विद्युतीय सवारी साधनको वितरक सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ । सिजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको हो ।
यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ।
अटोवेजका अध्यक्ष नारायणप्रसाद पौडेलले कार्यक्रममा एक्स्पेङ ब्रान्डको परिचय गराए । साथै, सिजी मोटर्सका सिइओ/निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सिजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे ।
उद्घाटनका क्रममा, अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी ६ एसयुभी पनि हस्तान्तरण गरेको छ।
यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी ६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ। जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण इ एन्कयाप मा ५- स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० संरचना, नियमित ओटिए अपडेटहरू, एक्ओएस अपरेटिङ सिस्टम, र ८०० भी सुपर-फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ ।
जी६ को मोटर पावर १९० केडब्लु र टर्क ४४० एनएम छ, जसले ६६ केडब्लुएच ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ। यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०:५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ-कास्ट बडी, र ९-आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जि ६ लाई विशिष्ट बनाउँछ।
सिजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।साथ साथै मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सिजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ। पोखराका ग्राहकहरूले पनि यो सिजी केयर सुविधाबाट लाभ लिन सक्नेछन्। सिजी मोटर्सले ग्राहकहरूलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ।