अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

काठमाडौं । नेपालका लागि सीएफमोटो र जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सरल र सहज फाइनान्स सुविधाको व्यवस्था गरेको छ ।

सीएफमोटोको पेट्रोल बाइक तथा जिहोका ईभी स्कुटर खरिद गर्ने ग्राहकहरुलाई लक्ष्यित गरी ल्याइएको सो सुविधा हालै प्रारम्भ भएको हो ।

उक्त व्यवस्था अन्तर्गत आफूलाई मन पर्ने सीएफमोटो तथा जिहोका बाइक तथा स्कुटर सरल र सहज किस्ताबन्दीमा बिना झन्झट खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो चाहना अनुरुप १२ महिने, १८ महिने र २४ महिने किस्ताबन्दी र न्यूनतम मूल्यमा आफूले रोजेको बाइक तथा स्कुटर खरिद गर्न सक्ने छन् ।

हालका लागि कम्पनीको नक्साल र झम्सिखेलस्थित शोरुमबाट मात्र सो सेवा उपलब्ध भएको र आगामी दिनमा अन्य शोरुमबाट समेत क्रमशः सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका सीएफमोटोको ४५० र जिहो एई४ चर्चामा रहेका छन् ।

सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ ।

यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफरोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ ।

फेमिली स्कुटरको रुपमा डिजाइन गरिएको एई४ मा ३१ लिटरको बुट स्पेस, फराकिलो फुट स्पेस, लिथियम आयोन ब्याट्री, एबीएस, इलेक्ट्रोनिक ट्रयाक्सन कन्ट्रोल, ३ हजार वाट पिक पावर लगायतका विशेषता रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स