युक्रेनका राष्ट्रपति जेलेन्स्कीले कोरियाको सेना प्रयोगको आशंका गरेसँगै उत्तर कोरियाली विदेशमन्त्री रूसमा 

मस्को । युक्रेनका राष्ट्रपति भोलोडोम्यर जेलेन्स्की गत हप्ता रुसले उत्रर कोरियाको सेना प्रयोग गर्ने आंशका व्यक्त गरेका थिए । उक्त आंशका व्यक्त गरेको केहि दिन नहुँदैउत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई मङ्गलबार आधिकारिक भ्रमणका क्रममा रूस आएका छन् ।
 तर उनी भने दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्योङयाङले हजारौँ सैनिकलाई रूसमा तालिमका लागि पठाएको दाबी गरेपछि उनी रुस पुगेका हुन् ।
चोए रूसको सुदूर पूर्वी शहर भ्लाडिभोस्टकमा ओर्लनुभएको एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले बताएको छ । स्रोतले भनेको छ, भोलिसम्म उनी मस्कोमा रहेनछन् ।
रूसी समाचार एजेन्सीहरूले चोएले रूसी अधिकारीहरूसँग वार्ता गर्ने बताए पनि कोसँग गर्नुहुन्छ भन्नेबारे खुलाएनन् ।
वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रूसमा तालिमका लागि पठाएको र उनीहरूले सम्भवतः युक्रेनमा लडाइँ गर्ने बताएको छ । यसलाई सोलले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ का रूपमा वर्णन गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सैनिकहरू देशमा रहेको कुरालाई अस्वीकार गरेका छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स