युक्रेनमा उत्तर कोरियाली सेना आउने भोलोदिमर जेलेन्स्कीको आशंका

सोल । दक्षिण कोरियाले रुसलाई प्योङयाङसँगको ‘गैरकानूनी सहयोग’ रोक्न आग्रह गर्दै शुक्रबार मस्कोले उत्तर कोरियासँगको रक्षा सन्धि अनुमोदन गर्न लागेकामा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले त्यसको केही बेरपछि रुसले आइतबारदेखि नै आफ्नो मुलुकविरुद्ध उत्तर कोरियाली सैनिक पठाउन योजना बनाइरहेको चेतावनी दिए र विश्व नेताहरूलाई प्योङयाङमाथि ‘ठोस दबाब’ दिन आग्रह गरे ।
रुसी सांसदहरूले बिहीबार उत्तर कोरियासँगको रक्षा सन्धि अनुमोदन गर्न सर्वसम्मतिले मतदान गरे । सन्धिमा कुनै पनि पक्षले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहायता’ को व्यवस्था छ । सन्धिलाई अब संसद्को माथिल्लो सदन फेडरेसन काउन्सिलमा स्वीकृतिका लागि पठाइनेछ ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले हजारौँ उत्तर कोरियाली सैनिकहरू रुसमा प्रशिक्षणरत रहेको बताएका छन् ।
युक्रेनले यसै साता रुसको कुस्र्क सीमा क्षेत्रको ‘युद्ध क्षेत्र’ मा उत्तर कोरियाली सैनिकहरू पुगेको बताएको छ ।
सैनिक तैनाथ गरेको पुष्टिबाट बच्दै उत्तर कोरियाले रुसमा कुनै पनि सैन्य तैनाथी अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएको छ ।
‘सोलले रुसमा उत्तर कोरियाली सैनिकहरूको चलिरहेको तैनाथीको बीचमा रुस–उत्तर कोरिया सन्धि अनुमोदन गरेकामा गम्भीर चिन्ता व्यक्त गर्दछ ।’ दक्षिण कोरियाली विदेश मन्त्रालयले एक वक्तव्यमा भनेको छ, “दक्षिण कोरियाली सरकार उत्तर कोरियाली सैनिकहरूको तत्काल फिर्ती र गैरकानूनी सहयोगको समाप्तिका लागि दृढतापूर्वक आग्रह गर्दछ ।’
सोलले यस कदममाथि ‘उपयुक्त उपायहरू’ लिन सहयोगीहरूसँग काम गर्ने बताएको छ । साथै प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले किएभलाई सिधै हतियार पठाउनबाट रोक्ने लामो समयदेखिको नीतिमा संशोधन गर्नसक्ने सङ्केत गरेको छ ।
जेलेन्स्कीले शुक्रबार रक्षा अधिकारीहरूसँगको बैठकपछि उत्तर कोरियाली सैनिकहरूलाई यस सप्ताहान्तमा युक्रेनी सैनिकहरूविरुद्ध लडाइँमा पठाउन सकिने बताएका छन् ।
ग‘ुप्तचर प्रतिवेदनहरू अनुसार अक्टोबर २७–२८ मा रुसले पहिलो उत्तर कोरियाली सैनिकहरूलाई युद्ध क्षेत्रहरूमा प्रयोग गर्नेछ, उनले सामाजिक सञ्जालमा भने,‘युद्धमा उत्तर कोरियाको वास्तविक संलग्नतालाई आँखा चिम्लेर र अस्पष्ट टिप्पणीहरूले नभई संयुक्त राष्ट्र बडापत्रको पालना गर्न र भिडन्तको वृद्धिलाई सजाय दिन मस्को र प्योङयाङ दुवैमाथि ठोस दबाबका साथ सामना गर्नुपछ ।र्’
युक्रेनी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले उत्तर कोरियाली सैनिकहरूलाई या त रुसको कुस्र्क क्षेत्रमा वा पूर्वी युक्रेनमा युद्धमा तैनाथ गर्न सकिने बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार राज्य टेलिभिजनमा प्रसारित एक अन्तर्वार्तामा पारस्परिक सैन्य सहायतासम्बन्धी सन्धिको धारालाई कसरी प्रयोग गर्ने भन्ने मस्कोमा भर पर्ने बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स