काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भारत घर भई हाल कमलपोखरी बस्ने बर्ष ४५ का प्रतिवादी राजहरण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको ग्लोवल आईएमई बैंकको चेक काटी दिएको कसूरलाई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर भएको छ ।
उच्च अदालत पाटनबाट मिति २०७७/१०/२६ मा निज प्रतिवादी राजहरण साहको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ (सात) दिन कैद र (९,५०,००० )नौं लाख पचास् हजार रुपैंया ) जरिवाना हुने फैसला सुनाएको छ ।