तासको खालबाट वडा अध्यक्ष सहित नौं जना पक्राउ

नुवाकोट । विदुर नगरपालिका-५ स्थित गँगटेमा तासको खालवाट वडा अध्यक्ष सहित नौं जनालाई प्रहरीले पक्राउ गरेको छ।

विदुरको गँगटेमा निरज चित्रकारको घरमा लाखौं रुपैयाँ तास खेलाई रहेको अवस्थामा नौं जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

पक्राउ पर्नेहरुमा विदुर नगरपालिका वडा नम्बर ५ का दिनेश चित्रकार, विदुर नगरपालिका वडा नम्बर १ का विष्णु बिक, लिखु गाउँपालिका वडा नम्बर ३ का राजु पन्त, विदुर नगरपालिका वडा नम्बर ६ का मछिन्द्र परियार र भारतको मोतोहारी जिल्ला घर भई हाल विदुर ४ वस्ने ईश्वर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यस्तै पक्राउ पर्ने अन्यमा दार्चुला सैलेसिगर नगरपालिका वडा नम्बर ६ घर भई हाल विदुर ४ बस्ने पदमसिंह धामी, सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भैरव अधिकारी, बेलकोटगढी नगरपालिका वडा नम्बर १० का सन्तोष त्रिपाठी र विदुर ४ बट्टार वस्ने केशवप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी समेत रहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स