बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धरा बस्ने ३५ वर्षीया अप्सरा खातुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चुन्नीखेलबाट बुधबार पक्राउ गरेको हो ।

उनलाई चेक अनादार मुद्दामा उच्च अदालत पाटनले सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकी खातुनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स