काठमाडौं । जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी अनुसन्धान विभागले हाल काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं. १५ माकलबारी बस्ने वर्ष २३ को रोहन वि.क.भन्ने रोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनलाई एक युवतिलाई खाजा खान जाऊँ भनी ललाई-फकाई गेष्टहाउसको कोठामा पुर्याई जबरजस्ती करणी गरेको मुद्दामा पक्राउ गरेको हो ।
सम्मानित उच्च अदालत पाटनले निजको हकमा मुलुकी ऐन, जवरजस्ती करणी महलको ३(५) बमोजिम पाँच बर्ष कैद फैसला सुनाएको छ ।
अनुसन्धानमा खटिएको विशेष टोलीले निज प्रतिवादीलाई सिपाघाट, सिन्धुपाल्चोकबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।