लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ सहित एक युवक पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरको लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ ।

बुधबार राति प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई पक्राउ गरेको हो।

बुधबार राति वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर नियन्त्रणमा लिएको थियो।

महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स