गाउँपालिका अध्यक्षलाई गाँजा भण्डारण र ओसारपसार कसुरमा साढे तीन वर्षको जेल सजाय

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई गाँजा भण्डारण र ओसारपसार गरेको मुद्दामा साढे तीन वर्ष जेल सजाय तोकिएको छ ।

उच्च अदालत बागलुङका न्यायाधीशहरू मदन पोखरेल र माधवेन्द्र रेग्मीको इजलासले आइतबार जिल्लाको फैसला सदर गरेको हो । गत पुसमा जिल्ला अदालतले घर्तीलाई ५० हजार रुपैयाँ जरिवानासहित साढे तीन वर्ष जेल सजाय तोकेको थियो ।

घर्ती निसीखोला गाउँपालिका–६ को वडाध्यक्ष हुँदा वि.सं. २०७७ साल असार १२ गते ८० केजी गाँजासहित इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको टोलीले घरबाटै पक्राउ गरेको थिए । जिल्लाको फैसलापछि फरार रहेका घर्तीले उच्चमा पुनरावेदन गरेपछि विभिन्न राजनीतिक र गाउँपालिकाको कार्यक्रममा सहभागी बन्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स