काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो । आज बिहीबार साँझ उनी काठमाडौंबाट पक्राउ परेका हुन् । हाल थुनामा रहेकाहरुको बयानका आधारमा रिजाल पक्राउ परेका हुन्।
यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितका उच्च अधिकारीहरु यसअघि नै पक्राउ परिसकेका छन् ।