विराटनगरबाट भारत लादै गरेको करिब ८ लाख बराबरको सुन बरामद

काठमाडौं । प्रहरीले आधा किलो भन्दा बढी सुन र ६ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार विराटनगरबाट भारततर्फ जाँदै गरेको भ्यान जाँच गर्दा प्रहरीले ५३ तोला सुन र ६ किलो चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । पक्राउ परेकाहरुको साथबाट ७ लाख ९५ हजार २ सय भारतीय रुपैया बरामद भएको हो ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले विराटनगर महानगरपालिका बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय विनोदकुमार मुरारका र ५६ वर्षीया पुष्पा मुरारका पक्राउ परेका हुन् । विनोद र पुष्पा श्रीमान श्रीमती हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स