काठमाडौं । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा सन्तोष बाबा माथि खुकुरी प्रहार भएको छ ।
काठमाडौंको प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब साढे ५ बजे बाबा शौचालय जाने क्रममा खुकुरी प्रहार भएको हो ।
घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घटना के-को आधारमा भएको र कसले गरेको भनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।