एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ सतुगंलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले आइतबार राति उनलाई बैंकको एटिएम फोड्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले यस बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स