मातृका आँखा अस्पतालका सञ्चालकसँग ‘नक्कली बम’ राखी फिरौती माग्ने समूह पक्राउ

काठमाडौं । पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा गएको शुक्रबार ‘नक्कली बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको महानगरीय प्रहरी परिसरको टोलीले तीनजनालाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरूले अस्पताल सञ्चालकसँग फिरौती माग्नका लागि बम भनी शंकास्पद वस्तु राखेको खुलेको छ ।

गएको शुक्रबार आँखा अस्पतालको तेस्रो तल्लाको शौचालयमा नक्कली बम फेला परेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स