संखुवासभा । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति कार्की परिवारकै आफन्त भएको सङ्खुवासभाका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।
गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।