खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर २८ लाख घुससहित पक्राउ

रामेछाप । रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर २८ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इञ्जिनीयर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनीहरूलाई खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई नगद चेक लिइसकेका अवस्थामा उक्त रकम र चेकसहित मन्थली– १ स्थित इञ्जिनीयरको निवासबाटै आज नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स